scheduleबुधवार श्रावण २१ गते, २०७७

यी अभिनेताको मजाक उडाउने शाहरुख र सेफ अली पाए यस्तो जवाफ


एजेन्सी, १३ असार । बलिउडमा केही समययता नातावादलाई लिएर ठूलै बहस सुरु भएको छ । बलिउडमा आफ्नै बल बुतामा उभिएका कलाकारहरुलाई बाहिरी भनेर हेपिने गरेका कहानीहरु पनि बिस्तारै बाहिर आउन थालेको छ ।

यसैबीच अहिले अभिनेता शाहरुख खान र सेफ अली खानको नयाँ भिडियो बाहिरिएको छ । जहाँ यी दुईले एक अभिनेताको खिल्ली उडाएका छन् । जवाफमा ती अभिनेताले यस्तो प्रतिक्रिया दिन्छन् की ती दुवै अभिनेताको बोली बन्द हुन्छ ।

उक्त भाइरल भिडियोमा ती दुई अभिनेताले निल नितिन मुकेको थरको ठट्टामा उडाउँछन् । पुरानो फिल्मफेयर अवार्डको सो भिडियोमा अहिले निकै भाइरल भएको छ ।

भिडियोमा शाहरुख खान निललाई प्रश्न गर्दै भन्छन्, ‘निल नितिन मुकेश मलाई तपाईसँग एउटा प्रश्न सोध्नु छ । तपाईको नाम निल नितिन मुकेश हो । अरे भाइ तिम्रो सरनेम कता छ । यहाँ त सबै फर्स्ट नेम छ । तिम्रो कुनै सरनेम किने छैन । हामी सबैको त छ त,’ यो सुनेर सबै हाँस्न थाल्छन् ।

जवाफमा निल नितिन मुकेसले बोल्ने अनुमति माग्दै पहिले त प्रश्नको राम्रो भएको बताउँछन् । तर पछि त्यो प्रश्न आफ्नो लागि बेइज्जत भएको र आफ्नो लागि त्यो ठिक नभएको बताए ।

उनले ती दुवै अभिनेतालाई आफ्नो बुवा पनि कार्यक्रममा उपस्थित भएको बताउँदै घटिया प्रश्न नसोध्न सुझाव दिन्छन् । उनले आफूले आफ्नो बलबुँतामा उभिएर त्यहाँसम्म आईपुगेको हुँदा आफूलाई कुनै सरनेमको आवश्यकता नभएको खुल्ला जवाफ दिन्छन् ।

अन्त्यमा, उनले सबैसँग माफी माग्दै दुवै अभिनेतालाई चुप लाग्न समेत अनुरोध गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय