scheduleबुधवार आश्विन १४ गते, २०७७

राष्ट्रिय जिम्मेवारी निभाउन दोस्रोपटक पनि विवाह स्थगित गरिन् यी प्रधानमन्त्रीले

एजेन्सी, १३ असार । आफ्नो जिम्मेवारी निभाउन एक डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो विवाहको दोस्रो मितिलाई पनि स्थगित गरेकी छिन् ।

प्रधानमन्त्री मेटे फ्रेड्रिक्सनले कोडिभ-१९ का लागि हुने युरोपेली युनियन सम्मेलनको मितिसँग भएको विवादको बीच आफ्नो विवाहको दोस्रो मितिलाई पनि स्थगित गरेकी हुन् ।

फ्रेडिक्सनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘ब्रसेल्समा जुलाईको शनिबार परिषदको बैठक हुनेवाला छ । हामीले त्यो दिन विवाह गर्ने योजना बनाएका थियौं तर मलाई आफ्नो जिम्मेवारी र हाम्रो डेनमार्कको हितलाई ध्यानमा राख्नुपर्नेछ ।’

गत वर्ष पाँच जुनमा राष्ट्रिय चुनावका कारण उनले आफ्नो विवाह स्थगित गरिदिएका थिए । फ्रेड्रिक्सन र उनका हुनेवाला श्रीमान् बो टेनबर्गबीच २०१४ मा भेट भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय