scheduleबुधवार आश्विन १४ गते, २०७७

जन्मदिन मनाउँदा एकै परिवारका १८ जनामा कोरोना संक्रमण भेटियो, एकजना सिकिस्त

टेक्सास, १३ असार । कोरोना कहरका बीच परिवारलाई खुसी बनाउन भन्दै ‘सर्प्राइज बर्थडे’ मनाएको अमेरिकाको एक परिवारले अनपेक्षित दुःख व्यहोर्नु परेको छ ।

अमेरिकाको टेक्सासमा जन्मदिनको पार्टी गर्दा एकै परिवारका १८ जनामा कोरोना संक्रमण भेटिएको छ भने एकजना भेन्टिलेटरमा पुगेका छन् ।

जन्मदिन मनाइरहेको परिवारको एक सदस्यमा कोरोना संक्रमण रहेछ । आफूलाई संक्रमण भएको थाहा नपाएका उनी जन्मदिनको पार्टीमा सहभागी थिए । बर्थडे पार्टी आयोजनामा सहभागी भएर उनले अरु १७ जनामा संक्रमण गराएका हुन् ।

मे ३० मा एकजनामा भएको कोरोना संक्रमण फैलिएर सुरुमा ७ जनामा पुगेको र उनीहरुबाट पुनः संक्रमण फैलँदा परिवारका बाँकी १० जना पनि संक्रमित भएका हुन् ।

संक्रमित मध्येका एक ८८ वर्षका वृद्धको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । क्यान्सरबाट पीडित अर्की महिला पनि अस्पतालमा छिन् । अर्का एकजना संक्रमित पनि बिरामी देखिएपछि उनलाई अस्पताल लगिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय