scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

नेकपा विवादमा ओलीको नयाँ सुत्र: माधवलाई ह्वीप, प्रचण्ड स्वीप

काठमाडौं, १३ असार । लामो समयपछि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेर प्रचण्ड गलाउने र माधव फकाउने नयाँ सुत्र परिचालन गरेको खुलेको छ ।

उनले आफ्ना विश्वासपात्र मार्फत् पूर्व एमालेलाई एक ढिक्का राख्दै प्रचण्डपक्ष स्विप अपरेशनको अनौठो प्रस्ताव गरेको खुलेको छ । ओली निकट सुत्रको दावी छ- प्रचण्डको चलाखी र ध्रुत्र्याईं माओवादीमा चल्थ्यो होला तर नेकपामा चल्दैन ।

पार्टीमा अर्का अध्यक्ष प्रचण्ड हुँदाहुँदै महासचिव मार्फत् शुक्रबारको बैठकमा आउँदिन भन्ने ठाडो सन्देश पठाएर अनुपस्थित रहेका अध्यक्ष ओलीले आफु निकट नेताहरुसँग प्रचण्डले जति रोइकराई गरेपनि पार्टीको एकल अध्यक्ष र प्रधानमन्त्री दुवै नपाउने बताएका छन् ।

Dish_Home

‘ममाथि कस्तो–कस्तो षड्यन्त्र भएको छ सबै हिसाब राखेको छु’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने, ‘झलनाथजीको त मलाई त्यति भर लाग्दैन तर माधव जी र वामदेव जी किन प्रचण्डको पछि लागेका हुन् बुझ्न सकेको छैन ।’

‘मैले छाडेपनि पाउने प्रचण्डले होईन, माधव जीलाई तपाईंहरुले भेट्नुस् र फकाउनुस नमाने ह्वीप लगाउनुस,’ उनको भनाई थियो, ‘मलाई घेराबन्दी गरेर जो–जो मिलेपनि कसैले पद पाउँदैन,माग्छन् माग्छन् अनि थाक्छन् ।’

यहीबीचमा ओलीले वामदेव गौतमलाई बालुवाटार बोलाएर आफ्नो साथ दिन आग्रह गरेका थिए । ओलीले सके गौतमलाई आफ्नो पक्षमा ल्याउने, नसके ‘न्युट्रलाईज’ गराउने रणनीति लिएको बताइएको छ ।

विहीबार दिउँसो गौतम प्रधानमन्त्री तथा नेकपा अध्यक्षलाई भेट्न बालुवाटार पुगेका थिए । उनलाई बालुवाटार भनियो,  ‘पार्टीलाई अघि बढाउन सँधैजसो संकटको समयमा तपाईंकै आवश्यकता पर्ने गरेको छ । फेरि एकपटक त्यही अवस्था सिर्जना भएको छ, तपाईंलाई के गर्नुपर्छ भन्नुस् । तर, हामी मिलेर जानुको विकल्प छैन,कमरेड ।’

वामदेवले खुलेर कुरा राखे । तर, ओलीको प्रस्तावमा कुनै मत नराखी निवास फर्किए ।

वामदेवसँगै ओलीले नेपाल फकाउने मेहनतलाई पनि निरन्तरता दिएका छन् । उनले भन्ने गरेका छन्, ‘के प्रचण्ड माधवजी भन्दा पाको र ईमान्दार लाग्छ तपाईंहरुलाई ? प्रचण्डजीलाई पार्टी जिम्मा दिँदा तपाईंहरु खुशी हुनुहुन्छ ?’ ओलीले यस्तो प्रश्न सोध्छन्, जसले भावनात्मकरुपमा पूर्व एमालेहरुलाई झस्काउँछ ।

अध्यक्ष ओलीले ‘अब पार्टी बचाउने हो भने माधवजीलाई गएर धैर्य गर्न भन्नुस् । पालो उहाँकै हो । मलाई घेराबन्दी गरेर थर्काएर होईन पर्खेर पहिलो नम्बरको अध्यक्ष बन्न भन्नुस् । हुने उहाँ नै हो ।’

ओलीले आफ्ना निकटस्थहरुलाई भन्ने गरेका छन्, ‘मैले प्रचण्डजीलाई समेत तपाईंलाई चित्त बुझ्दैन भने जे गर्दा सजिलो हुन्छ त्यै गर्नुस् भनिसकेको छु ।’  उनको भनाई थियो, ‘पार्टी फोरेर जाने अवस्था छैन, गएपनि उहाँकै सहकर्मीहरुको हालत हुने त हो ।’

अध्यक्ष ओलीले एकातिर वामदेवलाई फकाइरहेका छन् भने अर्को तिर आफ्नो कोटरीमा गफिँदा वामदेवलाई उडाउन समेत भ्याएका छन् । उनले ‘वामदेव जीलाई आवश्यकता भन्दा बढी माया गरेको तर उपियाँ जस्तो फट्केको फट्क्यै गरेपछि समातेर नराखेको’ समेत भन्न भ्याए ।

‘प्रचण्डजीको पछि लागेर को साथी कहाँ पुग्नुहुन्छ हेर्छु म पनि,’ ओलीले माधव नेपालप्रति नरम हुँदै भने, ‘मलाई मात्रै किन माधवजीलाई पनि पार्टीको माया त होला, अनि माया छ भने अरुको काँधमा किन बस्ने ?’

पार्टी स्थायी कमीटी बैठकमा खासै चासो नदेखाउने अध्यक्ष ओलीले भेटघाटलाई भने राती अवेर सम्म पनि जारी राख्ने गरेका छन् । खासगरी विष्णु पौडेल, सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु रिमाल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारीसँग उनको भेटघाट बाक्लो छ भने पूर्व माओवादीपक्षका गृहमन्त्री राम बहादुर थापा, नारायणकाजी श्रेष्ठ, लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु शाह, पम्फा भुषाल, देबेन्द्र पौडेलसम्मलाई अध्यक्ष ओली आफैं र उनका विश्वासिलाले भेट्ने गरेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय