scheduleबुधवार श्रावण २८ गते, २०७७

गण्डकी प्रदेश: पछिल्लो २४ घण्टामा थपिए ४६ संक्रमित

पोखरा, १३ असार । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ४६ जना कोरोना संक्रमित व्यक्ति थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले हिजो बेलुका र आज विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित हुनेमा स्याङजाका २२ जना, बाग्लुङका ८ जना, लमजुङका ५ जना, गोरखाका ५ जना, पर्वतका २ जना, नवलपरासी पूर्वका २ जना र कास्कीका १ जना छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङको मध्यनेपाल नगरपालिकाका ५ पुरुष र बेशीसहर नगरपालिकाका एक पुरुषमा संक्रमण भेटिएको हो भने कास्कीको मादी गाउँपालिकाका एकजनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा स्याङजाको अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र ६ महिलामा संक्रमण पुष्टि भएको हो । पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकामा पनि १-१ जनामा संक्रमण पुष्टि भएको छ भने वालिङ नगरपालिकाका १ जनाको  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । प्रतिष्ठानको असार १० गतेको प्रतिवेदन अनुसार सो विवरण निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको हो ।

बाग्लुङको काठेखोला गाउँपालिकाका ७ पुरुष त्यसैगरी ढोरपाटन नगरपालिकाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ  ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाको पालुङटार नगरपालिकाका २ तथा भीमसेनथापा गाउँपालिकाका ३ पुरुषमा कोरोना पुष्टि भएको छ । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका २ पुरुष, त्यसैगरी पर्वतको फलेवास नगरपालिका र मोदी गाउँपालिकाका १-१ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमित व्यक्तिको कुल संख्या ८३८ पुगेको छ । हालसम्म २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ११८ जना निको भएर फर्किएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय