scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

नासाको ‘टाइम-लाप्स’मा सूर्यको १० वर्ष (भिडियो सहित)

तस्वीर: NASA

एजेन्सी, १३ असार । अमेरिकी अन्तरिक्ष नियोग नासाले सूर्यको १० वर्षको गतिविधिको ‘टाइम-लाप्स’ भिडियो सार्वजनिक गरेको छ । १ घण्टाको उक्त भिडियोमा सूर्यको १० वर्षको गतिविधिलाई समावेश गरिएको छ ।

उक्त भिडियोको सुरुवातमा सूर्यको सतहमा भएका गतिविधिहरू देख्न सकिन्छ जसमा प्लाज्माको चुम्बकीय लुपहरूले यसको सतहको विशाल प्रतिशत ओगट्छ र त्यसलगत्तै तिनीहरूदेखा पर्ने बित्तिकै तातो डागहरू बितेर गई सूर्य धेरै शान्त देखिन्छ ।

अन्तरिक्षयात्रीहरुले सोलार डाइनामिक्स अब्जरभेटरी (एसडीओ) प्रविधि मार्फत् सूर्यको गतिविधिलाई निरन्तर अवलोकन गर्दै आएका छन् ।

Dish_Home

एसडीओले सूर्यको गतिविधि निरन्तर रेकर्ड गरिरहेको भएतापनि केही क्षणहरु भने छुटेका पनि छन् । ग्रहणका बेला चन्द्रमा वा पृथ्वी सूर्य र अन्तरिक्षयानका बीचमा आउनाले त्यसबेलाको क्षण कैद हुन सकेको छैन ।  त्यसैकारण भिडियोमा कतिपय स्थानमा कालोपन पनि देखिएका छन् ।

यद्यपि सन् २०१६ मा भने केही प्राविधिक कारणले गर्दा भिडियोमा अलि लामै अवधिसम्म कालोपन छाएको देखिन्छ । सो प्राविधिक समस्यालाई त्यसबेला १ हप्ताभित्रै समाधान गरिएको थियो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय