scheduleबुधवार श्रावण २१ गते, २०७७

पोखराका ५ सहित गण्डकीमा १६ जना कोरोना संक्रमित थपिए

पोखरा, १३ असार । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ६ जना, कास्की र स्याङ्जाका ५-५ जना छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा स्याङजाको भीरकोट गाउँपालिकाका २ पुरुष र गल्याङ नगरपालिकाका ३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वको देवचुली नगरपालिकाका ३ महिला र ३ पुरुषमा संक्रमण भेटिएको हो । कास्कीको पोखरा महानगरपालिकाका ५ जना महिलामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या ८५४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय