scheduleबुधवार श्रावण २१ गते, २०७७

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, आज मात्र थपिए ८२ जना

पोखरा, १३ असार । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा साँझ ५ बजे जारी गरिएको विज्ञप्तिमा पनि १६ नयाँ संक्रमित थपिएको जानकारी दिइएको थियो ।

त्यसपछि निर्देशनालयले बेलुकी ८ बजे जारी गरेको अर्को विज्ञप्तिमा थप ३४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । निर्देशनालयका अनुसार पछिल्लोपटक थपिनेमा बागलुङका २७ जना, तनहुँका ६ जना र पर्वतका एकजना छन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङको बडीगाड गाउँपालिकाका ६ जना पुरुष, बागलुङ नगरपालिकाका १७ जना पुरुष र काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष छन् ।

त्यसैगरी तनहुँका ६ जनामध्ये शुक्लागण्डकी नगरपालिकाका २ जना महिला, भानु नगरपालिकाका ३ जना पुरुष र व्यास नगरपालिकाका १ जना महिला छन् । पर्वतको कुश्मा नगरपालिकाका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गण्डकी प्रदेशमा आज विहान ७ बजेको विज्ञप्तिअनुसार ३२ जना, साँझ ५ बजेको विज्ञप्तिअनुसार १६ जना र बेलुकी ८ बजेको विज्ञप्तिअनुसार ३४ जना गरी आज मात्र ८२ जना संक्रमित थपिएका छन् । प्रदेशभर कुल संक्रमितको संख्या ८८८ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १२१ पुगेको छ । हालसम्म २ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय