scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

मसलेदार खाना बढी खानेलाई ग्याष्ट्रिकको समस्या बढी हुन्छ

काठमाडौँ, १४ असार । एसिड प्रोडक्सन बढी हुने कारणले पनि ग्याष्ट्रिक हुन्छ। हर्मोनको कारणले पनि ग्याष्ट्रिक हुन्छ। रक्सी खायो भने एसिड बढी निस्किन्छ जसले गर्दा ग्याष्ट्रिक गराउँछ । मुटुको रोगीले खाने कतिपय औषधिले पनि ग्याष्ट्रिक गराउँछ।

धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दूध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ। चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ। त्यसैले चिल्लो कम खानुपर्छ।

Dish_Home

के खाने ? के नखाने ?

ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। लामो समयसम्म भोकै बस्नु हुँदैन। तर, धेरै तातो खानेकुरा भने खानु हुँदैन। मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।

ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी गर्नु हुँदैन।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय