scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

आइतबार ४६३ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या १२,७७२ पुग्यो

काठमाडौं, १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १३ महिला र १६६ पुरुष सहित १७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।

हिजो रसुवामा पनि संक्रमित भेटिएसँगै नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

आइतबारसम्म २ लाख १५ हजार ८३९ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या २ लाख ९६ हजार ७६६ पुगेको छ ।

अहिलेसम्म ६१ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ७३१ जना आइसोलेसनमा रहेका छन् ।

हालसम्म २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय