scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

कोका–कोलाले सामाजिक सञ्जालमा किन देखाउँदैन विज्ञापन ?

एजेन्सी, १५ असार । अब विभिन्न सामाजिक सञ्जालमा ‘हेट स्पिच’लाई ध्यान दिँदै गरेर कम्तिमा ३० दिनको लागि विज्ञापन नगर्ने कोकाकोला कम्पनीले घोषणा गरेको छ ।

यस पेयपर्दाथ निर्माण कम्पनीका मालिकको भनाई अनुसार विश्वमा नश्लवादको लागि सामाजिक सञ्जाल र विश्वमा कुनै पनि ठाउँ छैन । उनले सामाजिक सञ्जाल कम्पनीहरुसँग जवाहदेही तथा पारदर्शिता माग गरेका छन् ।

Dish_Home

यो घोषणा फेसबुकको पछिल्लो धारणापछि आएको हो । उनले समाचारको विश्वनियतामा प्रश्न उठाउँदै यस्तो धारणा सार्वजनिक गरेका छन् । कुनै पनि पोस्टको खतरनाक वा भ्रामक घोषित गर्छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार फेसबुकले त्यस्ता विज्ञापनलाई प्रतिबन्ध गर्छ जसले विभिन्न नश्लवाद, राष्टियता, धर्म, जाति, लिंग र प्रवासीलाई खतरा पुर्‍याउँछ ।

#StopHateforProfit अभियानका आयोजकका अनुसार फेसबुकले नकारात्मक सन्देश र गलत सूचनामा रोक लगाएको छैन । उनका भनाईअनुसार कम समस्यामा कम परिवर्तन समस्याको समाधान हुन सक्दैन । तर कोकाकोलाका प्रतिनिधि सीएनबीसीसँग बोल्दै भनेका छन् कि विज्ञापन स्थगित गर्नुको कारण अभियानको समर्थन गर्नु पनि होइन ।

केही मानिसहरुले कम्पनीले सामाजिक सञ्जालमा विज्ञापन रोकेपछि आफ्नो विज्ञापन नीतिलाई फेरी पनि पूर्ण विचार गर्नेछन् ।

कपडा उद्योगीको उस्तै घोषणा
जुकरबर्गको घोषणपछि कपडा निर्माता कम्पनी लेवी स्टस एण्ड कम्पनिका प्रतिनिधिले भनेका छन्- फेसबुकले केही विज्ञापनलाई रोकिरहेको छ तर कोकाकोला निर्माण कम्पनीको जस्तो विज्ञापन रोकेको छैन । कम्पनिका सीईओ जेनले फेसबुकलाई वास्तविकता परिर्वन गर्न आग्रह गरेका छन् ।

फेसबुकसँग नयाँ माग 
#StopHateforProfit अभियानका अनुसार फेसबुकका कुनै पनि परिवर्तन सत्य होइन । फेसबुकले यो भन्दा अगाडि पनि यस्तो कदम चालेको थियो । साथै पहिला पनि विश्व समुदायसँग माफी मागेको थियो ।

फेसबुकले हाम्रा मुख्य बिषयमा ठुलो संकट लयाउनलाई भुमिका खेल्ने गरको छ तर अब यो बन्द गर्नु पर्छ । फेसबुकलाई स्वतन्त्र रुपले लेखा परीक्षण गराउनु पर्छ । फेसबुकमा खास पहिचान बोकेको व्यक्ति वा समुहको विरुद्ध जाँच गर्नुपर्छ साथै यस्तो सामग्रीलाई प्रकाशित गर्ने निजी तथा सार्वजनिक समूहलाई खोजी गरी कारबाहीको दायरामा ल्याउनु पर्छ । उनीहरुले एक विज्ञ टिम बनाउन पनि माग गरेका छन् ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय