scheduleबिहिवार श्रावण २९ गते, २०७७

पर्माविरुद्ध इन्टर मिलानको सानदार कमव्याक

काठमाडौँ, १५ असार । गएराति भएको इटालिन लिग ‘सिरी ए’ मा इन्टर मिलानले पर्मामाथि कठिन जित हात पारेको छ । पर्माको घरेलु मैदानमा भएको खेलमा इन्टर पर्मालाई २-१ गोलले जित हात पारेको हो ।

दुवै टोलीका एकएक जना खेलाडी रातो कार्ड खाएपछि दुवै टोली १० जना खेलाडीमा समेटिएका थिए ।

खेलको १५ औँ मिनेटमा जर्भिन्होले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए ।

खेलको ६९ औँ मिनेटमा इन्टरलाई अर्को झट्का लाग्यो जब टोमासो बर्नी रातो कार्ड खाँदै बाहिरिए । तर, खेलको ८४ औँ मिनेटमा स्टेफान डि भ्रीले इन्टर मिलानका लागि बराबरी गोल फर्काए ।

खेलको ८५ औँ मिनेटमा पर्माका जुराज कुका रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । लगत्तै खेलको ८७ औँ मिनेटमा इन्टरका लागि एलेस्यान्द्रो बास्तोनीले गोल गर्दै इन्टरलाई जित दिलाए ।

यो जितसँगै इन्टरको २८ खेलमा ६१ अंक भएको छ । इन्टर लिगको तेस्रो स्थानमा रहेको छ ।

लिग लिडर युभेन्ट्सको ६९ अंक रहेको छ । ३९ अंकका साथ पर्मा लिगको आठौँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय