scheduleबुधवार आश्विन १३ गते, २०७८

भारतमा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी, १५ असार । भारतमा कोरोना भाइरसका कारण झन् भयावह स्थिति सिर्र्जना भएको छ । दिल्लीमा कोरोना भाइरस समुदायमा फैलिएको चर्चा चलिरहँदा संक्रमितको संख्याले पनि यस कुराको पुष्टि गरेको अधिकारीहरुले जनाएका छन् । आइतबारमात्रै भारतमा १९ हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ । त्यस्तै आइतबारमात्रै भारतमा ३८४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १६ हजार ४८७ जनाभन्दा बढीको ज्यान गएको छ ।

भारतमा हालसम्म ५ लाख ४९ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै ३ लाख २१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय