scheduleबिहिवार श्रावण २९ गते, २०७७

पिएसजी स्टार काइलियन एमबाप्पेलाई अनुबन्ध गर्न चाहन्छन् यी दुई क्लब

काठमाडौँ, १५ असार । लिभरपुलले आउने सिजनका लागि केही नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी गरेको खबरहरु बाहिर आइनै रहेकाछन् । मिडिया रिपोर्टका अनुसार पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेलाई लिभरपुलले अनुबन्ध गर्न चाहेको छ ।

यस सिजनको प्रिमियर लिगको च्याम्पियन बनेको लिभरपुल अब आउने सिजनको तयारीमा रहेको छ । एमबाप्पेलाई लिएर प्रशिक्षक उर्गेन क्लप पनि उत्तिकै उत्साही रहेका छन् ।

उनले एमबाप्पेको तारिफ पनि गरेका थिए ।

तर, क्लबले उनलाई किन्न ठुलो रकम तिर्नुपर्नेछ ।

मिडिया रिपोर्टका अनुसार रियल मड्रिडले पनि एमबाप्पेलाई अनुबन्ध गर्न चाहिरहेको छ । तर, लिभरपुल एमबाप्पेका लागि सही गन्तव्य हुने समिक्षकहरुले बताएका छन् ।

एमबाप्पेले क्लपसँग धेरै कुरा सिक्न सक्ने उनीहरुको तर्क रहेको छ । पिएसजीले भने एमबाप्पे क्लबमा नै रहने र बिक्रिमा नरहेको बताउँदै आइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय