scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

आज असार १५: राष्ट्रिय धान दिवस, मुरी उब्जाउन मानो रोपिँदै (फोटोफिचर)

काठमाडौं, १५ असार । आज असार १५ । दहीच्यूरा खाएर, रोपाइँ गरेर मनाइने यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ ।

असार, मानो रोपेर मुरी उब्जाउने समय भएकोले गर्दा अहिले किसानहरुलाई धान रोप्न भ्याइनभ्याइ छ । बढ्दो आधुनिकीकरणले गर्दा हर क्षेत्रमा नयाँ प्रविधिहरु दैनिकजसो थपिइरहेको छ ।

कृषि क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । यसै कारण हलो नारेर पर्म लाएर गरिने पारम्पारिक खेती किसानी लगभग काठमाडौं उपत्यकामा शून्य जस्तै भैसकेको छ, केही सीमित मात्रामा भने भेटिन्छ ।

Dish_Home

बुंगमतिबाट लगभग ५ किलोमिटरको दूरीमा रहेको ललितपुरस्थित डुकुछाप खोलखेतमा अझै पनि यसरी पारम्परिक खेती किसानी गरिन्छ । अहिले उनीहरुलाई खेतमा धान रोपेर भ्याइनभ्याइ छ ।

तस्वीरहरुः सन्जिव थापा मगर

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय