scheduleशनिवार श्रावण २४ गते, २०७७

गण्डकी प्रदेशमा कोरोना : डिस्चार्ज हुनेको संख्या १ सय ९८ पुग्यो

कास्की, १५ असार । गण्डकी प्रदेशमा थप २६ जना पुरुष कोरोना जितेर डिस्चार्ज भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासीका २६ पुरुष घर फर्किएका हुन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र केन्द्रबाट आइतबार थप २६ जना पुरुष डिस्चार्ज भएपछि गण्डकी प्रदेशमा कोभिड १९ संक्रमण जितेर घर फर्कनेको संख्या १९८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त जानकारी अनुसार गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय