scheduleबुधवार श्रावण २८ गते, २०७७

दैलेखको पिसिआर मेसिन सञ्चालनमा

दैलेख, १५ असार । दैलेखमा औपचारिक रुपमा पिसिआर मेसिनबाट परीक्षण सुरु गरिएको छ । आइतबार ७ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरेर  पिसिआर मेसिन औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको थियो । आजदेखि नियमित रुपमा पिसिआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन् ।

दैलेख जिल्लामा मात्रै हालसम्म ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेसनमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय