scheduleबुधवार आषाढ़ ३१ गते, २०७७

सोमबार ४७६ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा ४७६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।

आइतबारसम्म २ लाख २३ हजार ६३० पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या २ लाख ९७ हजार ८७१ पुगेको छ ।

अहिलेसम्म ५७ हजार ३६८ जना क्वारेन्टाइनमा रहेका छन् भने १० हजार ८५ जना आइसोलेसनमा रहेका छन् ।

थप एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या पनि २९ पुगेको उनले जानकारी गराए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय