scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

चितवनमा ४ जना कोरोना संक्रमित थपिए

चितवन, १५ असार । चितवनमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ प्रयोगशालामा असार १४ गते विभिन्न स्थानबाट संकलन गरिएका ५३५ स्वाब नमूना मध्ये २९ जनामा संक्रमण पुष्टि भएको हो जसमध्ये चितवनका ४ जना रहेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १५ र १६ का १-१ जना पुरुष, त्यसैगरी खैरहनी नगरपालिका वडा नं २ र ३ का १-१ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Dish_Home

चितवनका ४ सहित पाल्पाका १३ जना, अर्घाखाँचीका ११ जना र कैलालीका १ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय