scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

पहिरोले सडक अवरुद्ध हुँदा सुत्केरी बाटोमै अलपत्र

दैलेख, १५ असार । कर्णाली राजमार्ग अन्तर्गत दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक बन्द हुँदा सुत्केरी सहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका साधन अलपत्र परेका छन् ।

आइतबार बेलुका जिल्ला अस्पताल कालीकोटबाट सुर्खेत रिफर गरिएकी एक सुत्केरी सडक अवरुद्ध हुँदा १८ घण्टादेखि अलपत्र परेकी छन् । कालीकोट रिफर गरिएकी सुत्केरी र नवजात शिशुको अवस्था गम्भीर देखिएको छ ।

Dish_Home

राति कालीकोट जिल्ला अस्पतालबाट सुरक्षित सुत्केरी गराएकी खाँडाचक्र नगरपालिका–१ की २५ वर्षीया वसन्ती शाही र नवजात शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।

आठबीसका प्रमुख खड्कराज उपाध्यायले राजमार्गमा ठूलो पहिरो गएको बताए । पहिरो ठुलो रहेको र सडक डिभीजन कार्यालयलाई खबर गरिसकिएको उनले जानकारी दिए । पहिरो हटाउन डोजर अभाव भएपछि व्यक्तिको डोजरलाई प्रयोगमा ल्याइएको जनाएका उनले पहिरो हटाउन अझै दुई दिन लाग्ने पनि बताएका छन् ।

पहिराले कर्णाली राजमार्ग अवरुद्ध हुँदा सुत्केरी र नवजात शिशु जाक्सी गाउँको गोठमा बसेका छन् । शिशुलाई दिएको अक्सिजन सकिँदा अवस्था गम्भीर बन्दै गएको वसन्तीका श्रीमान् राज कुमारले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय