scheduleसोमवार मंसिर १५ गते, २०७७

मन्त्रिपरिषद बैठक सुरु, लकडाउन र आन्तरिक उडानबारे निर्णयको सम्भावना

काठमाडौं, १५ असार । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ६ बजेबाट मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकले लकडाउन र आन्तरिक उडान सञ्चालनबारे निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । सोमबार नै बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले यसबारे मन्त्रिपरिषद बैठकमा केही सिफारिसहरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा आज बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्नेछ ।

यो पनि-

अनिवार्य होम क्वरेण्टीनमा बस्ने अब उपत्यका छिर्न पाउने

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay