scheduleआइतवार मंसिर १४ गते, २०७७

गण्डकी प्रदेशमा संक्रमितको संख्या ९४९ पुग्यो, आजै थपिए ५३ जना

पोखरा, १५ असार । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पछिल्लोपटक थपिनेमा बाग्लुका १४ जना, पर्वतका १३ जना, स्याङजाका १० जना, तनहुँका १० जना र गोरखाका ६ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या ९४९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाग्लुङको गल्कोट नगरपालिकाका ९ पुरुष १ महिला र बाग्लुङ नगरपालिकाका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिकाका ३ पुरुष, फलेबास नगरपालिकाका २ पुरुष, पैयूँ गाउँपालिकाका २ पुरुष, विहादी गाउँपालिकाका २ पुरुष, जलजलाका १ पुरुष, महाशिला र मोदकिा २-२ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

 

तनहुँको घिरिङ गाउँपालिकाका १ पुरुष र बन्दीपुर नगरपालिकाका ४ पुरुष, ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाका ७ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ भने गोरखाको भीमसेनथापा गाउँपालिकाका ५ पुरुष र सिरानचोक गाउँपालिकाका १ पुरुषमा पनि कोरोना भेटिएको छ ।

त्यसैगरी प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको चापाकोट नगरपालिकाका १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच नवलपरासी पूर्वबाट आज १६ जना कोरोनामुक्त भएर घर फर्किएसँगै प्रदेशभर निको हुनेको संख्या २१४ पुगेको छ । हालसम्म २ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay