scheduleआइतवार मंसिर १४ गते, २०७७

राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील गाली गर्ने पक्राउ

पोखरा, १५ असार । सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली लाई लक्षित गरी अश्लील स्टाटस पोस्ट गर्ने एकजना पोखराबाट पक्राउ परेका छन् ।

पोखरा-२९ पुरन्चौर निवासी दुर्गादत्त बाँस्तोलाले राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लील शब्द प्रयोग गरेर फेसबुकमा टिप्पणी गरेका थिए । उनलाई आज अपरान्ह प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । उनलाई विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता भएको छ ।

नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका बाँस्तोलाले पटकपटक अनुशासनहीन काम गरेको भन्दै नेपाली कांग्रेसले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि जिल्ला कार्य समितिमा सिफारिस गराइसकेको नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माले जानकारी दिए ।

पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध पटकपटक अश्लील स्टाटस पोस्ट गर्दै आएका उनले आफ्नै पार्टीका सभापतिकै समेत अपमान गरेका कारण साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको कांग्रेस स्रोतले जानकारी दिएको छ । पुरञ्चौरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा कास्की कांग्रेसका सभापति कृष्ण केसी प्रमुख अतिथि थिए । सो कार्यक्रम बाँस्तोलाले बिथोल्ने प्रयास गरेका थिए ।

आफूलाई प्रमुख अतिथि नबनाएर अरुलाई नै बनाइएको भनेर कड्किदैँ उनले मञ्च भत्काइदिनुका साथै सभापति केसीलाई तथानाम गाली समेत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay