scheduleबुधवार श्रावण २१ गते, २०७७

भारतभर अब डाउनलोड हुनेछैन टिकटक, गुगल र एप्पलले प्रतिबन्धलाई पछ्यायो

एजेन्सी, १६ असार । भारत सरकारले टिकटकसहित विभिन्न ५९ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाएको छन् । यसमध्ये भारतमा चर्चित र संसारमै सबैभन्दा बढी प्रयोगकर्ता भएको टिकटक पनि परेको छ ।

भारतमा टिकटकमाथिको प्रतिबन्धले तरङ्ग ल्याएको छ । भारतले ठूलो निर्णय लिँदै चीनसँगको सम्बन्ध बिग्रिएको संकेत गरेको छ ।

केही समय अघि भारतीय सुरक्षा निकायले चिनीयाँ विभिन्न एपलाई प्रतिबन्ध लगाउनलाई सूचि तयार पारी केन्द्र सरकारलाई प्रतिबन्ध गर्न आग्रह गरेको थियो । चीनले भारतीय डेटा ह्याक गर्न सकने आरोप रहेको छ ।

सरकारदारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतको सम्प्रभुता, अखण्डता, देशको रक्षा, राज्यको सुरक्षा तथा सार्वजनिक व्यवस्थामा खतरा छ  ।’  सूचना प्रविधि मन्त्रालयका अनुसार चीनले कति मोबाइल एपको दुरुपयोग गरको आरोप लगाएको छ । यो एपबाट आईफोन तथा एन्ड्रोइड दुवै प्रयोगकर्ताको डाटा चोरी गरिरहेको मन्त्रालयको बुझाई छ ।

भारत सरकारको यस्तो निर्णयसँगै टिकटकले प्रतिक्रिया दिएको छ । टिकटक भारतका प्रमुख निखिल गान्धीले भनेका छन्, ‘भारत सरकारले ५९ एपमाथि प्रतिबन्ध लगाउने फैसला गरेको छ । हामी यो आदेशलाई मानिरहेका छौं । यसबारे हामी सरकारी निकायसँग भेट गरेर हाम्रो स्पष्टीकरण प्रस्तुत गर्नेछौं ।’

उनले अगाडि भनेका छन्,’टिकटक भारतको कानूनको सम्मान गर्दछ । टिकटकले भारतीय नागरिकको तथ्यांक चिनियाँ सरकारसहित कुनै पनि विदेशी सरकारलाई दिएको छैन । यस्तो गर्न भनिए पनि हामी यस्तो गर्दैनौं ।’

टिकटकका अनुसार यो एप १४ भारतीय भाषामा उपलब्ध छ र यसका करोडौं प्रयोगकर्ता छन् । यो एप भारतीय अर्थतन्त्रसँग पनि जोडिएको छ ।

भारत सरकारले प्रतिबन्ध लगाएसँगै गुगलले टिकटक लगायत ५९ एपहरुलाई प्ले स्टोरबाट हटाएको छ । यी एप्सहरु एप्पल स्टोरमा पनि डाउनलोडका लागि भारतभर उपलब्ध छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय