scheduleबुधवार श्रावण २१ गते, २०७७

तापसी पन्नुको घरमा बिजुलीको बिल बढ्दा कम्पनिले सफाई दिनुपरेपछि …

एजेन्सी, १६ असार ।  बलिउड अभिनेत्री तापसी पन्नु र रेणुका सहाणे हाल आफ्नो घरको बिजुलीको बिल देखेर हैरान भएका छन् । यी दुई अभिनेत्रीले आफनो बिजुली बिलको रसिदलाई सामाजिक सञ्जाल मार्फत सार्वजानिक गर्दै कम्पनी माथि नै प्रश्न उठाएका थिए ।

सो विषयमा बारेमा अडानी इलेक्ट्रिक ग्रुपले आफनो प्रतिक्रया दिएको छ । कम्पनीका अनुसार फिजिकल मिटर रिडीगं दुई पटक शुरु गर्दा रकम बढेको हो ।

साथसाथै कम्पनीले अप्रिल, मे र जून गरी यी तीन महिनामा व्यापक गर्मी हुने भएकाले विभिन्न एसी, कुलर, फ्रिज लगायतका उपकरण बढी प्रयोग हुने भएकाले बिजुली पहिलेको भन्दा अलि बढी खर्च हुने बताए ।

यसअघि पनि अभिनेत्री तापसीको लकडाउनका समयमा आफ्नो घरको बिजुलीको बिल ३६ हजार रुपैँया आएको थियो । यसपटकको बिल देखेपछि चाहिँ उनले बिलसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय