scheduleशनिवार श्रावण २४ गते, २०७७

कोरोना महामारीपछि यसरी फेरिँदैछ वैवाहिक समारोह

काठमाडौं, १६ असार । विवाह भन्ने बित्तिकै सयौं–हजारौं मानिसहरु एक ठाँउमा जम्मा भएर पार्टी, नाँचगान, खानापान, आर्कषक पहिरन, बाजागाजा आदिको बिम्ब मष्तिष्कमा उत्रिइहाल्छ । तर अहिले कोरोना महामारीको कारणले मानिसहरू आफ्नो सोच परिवर्तन गर्दैछन् ।

कोरोना संक्रमणको डरले भए पनि मानिसहरु तामझामका साथ होइन सामान्य रुपमा थोरै मानिसको उपस्थिततिमा विवाह गर्न थालेका छन् ।

सरकारले लागू गरेको शर्तहरुलाई मानिसहरु पालन गरेको देखिन थालेको छ । सरकारको निर्देशिका अनुसार सामुहिकरुपमा २५ भन्दा बढी मानिस एक ठाँउमा भेला हुन पाँउदैनन् ।

त्यसकारण छिटोछरितो समारोहहरुको आयोजना हुन थालेका छन् । आफना परिवारको सदस्य र केही नजिकका इष्टमित्रलाई समावेश गरार विवाह सम्पन हुन थालिएको हो ।

वैवाहिक समारोहमा पहिला मानिसको हातमा स्वागत बोर्डहरु हुन्थे, अहिले अनुहारमा मास्क र हातमा स्यानिटाइजर हुन थालेका छन् ।

कतिपय वैवाहिक समारोहमा त सिफ्टअनुसार पाहुनाहरुलाई आमन्त्रण गर्न थालेको देखिन्छ । नयाँ अभ्यासमा विवाहमा देखाइने शान शौकतमा गिरावट आएको छ र यसले खर्चमा पनि न्यूनीकरण हुन थालेको छ ।

यसरी हेर्दा, कोरोनाले हाम्रो सोच र व्यवहारमा पनि परिवर्तन ल्याउन थालेको देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय