scheduleबुधवार श्रावण २१ गते, २०७७

सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ लाई लिएर कतै उत्साह, कतै दुःखेसो

एजेन्सी, १६ असार। केही साताअघि निधन भएका बलिउड कलाकार सुशांत सिंह राजपूतको अन्तिम चलचित्र ‘ दिल बेचारा‘ डिजिटल माध्यमबाट रिलीज हुने भएको छ ।

फिल्म रिलीज हुन लाग्दा कतिपय प्रशंसकहरु उत्साहित देखिएका छन् र कतै भने गुनासो समेत रहेको छ । केही प्रशंसक एवम् दर्शकहरुले डिजीटल माध्यमबाट नभई हलमै रिलीज हुनुपर्ने मागसमेत गरेका छन् ।

सो चलचिल डिज्नी प्लस हटस्टारमा मा २४ जुलाईको दिन प्रिमियर हुँदै छ । सुशांतका निकट मित्र विकास गुप्ताले समेत उनका प्रशंसकको मागलाई समर्थन गरका छन् र चलचित्र हलमा नै रिलिज गर्ने व्यवस्था मिलाउन निर्माता कम्पनीलाई अनुरोध समेत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय