scheduleआइतवार मंसिर १४ गते, २०७७

पोखराका ७ सहित गण्डकीमा थपिए १७ संक्रमित, प्रदेशभर ९६६

पोखरा, १६ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आज विहान जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित हुनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङ्गका ३ जना र स्याङ्जाका १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या ९६६ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ६ पुरुष र १ महिला, मादी गाउँपालिकाका १ पुरुष गरी ८ जना संक्रमित थपिएका हुन् । प्रतिष्ठानमै गरिएको परीक्षणमा लमजुङ्गको बेशीसहर, मध्येनेपाल र मर्स्याङ्दीका १-१ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ पुरुषमा पनि संक्रमण भेटिएको छ ।

प्रदेशभर निको हुनेको संख्या २१४ पुगेको छ भने हालसम्म २ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay