scheduleबिहिवार मंसिर १८ गते, २०७७

गेटाफेको जितमा जेम्मी माटाको दुई गोेल

काठमाडौँ, १६ असार । गएराति भएको स्पेनिस लिग लालिगामा गेटाफेले रियल सोसिडाडलाई २-१ गोलले पराजित गर्न सफल भएको छ । यस सिजन उत्कृष्ट खेल प्रदर्शन गरेको गेटाफेले सोसिडाडलाई पराजित गर्न सफल भएको हो ।

खेलको २० औँ मिनेटमा गेटाफेले पाएको पेनाल्टीलाई जेमी माटाले सदुपयोग गरे । तर, खेलको ५५ औँ मिनेटमा सोसिडाडका लागि अदनान जानुजाजले बराबी गोल फर्काए ।

खेलको ८३ औँ मिनेटमा जेम्मी माटाले गेटाफेका लागि व्यक्तिगत दोस्रो गोल गर्दै जित दिलाउन सफल भए ।

पाँचौँ स्थानमा रहेको गेटाफेको ३२ खेलमा ५२ अंक भएको छ । त्यस्तै सातौँ स्थानमा रहेको सोसिडाडको ४७ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay