scheduleशनिवार मंसिर २० गते, २०७७

लिभरपुल प्रशिक्षक क्लप भन्छन्ः जिम्मेवार भएर खुसीयाली मनाउनुहोस्

काठमाडौँ, १६ असार । लिभरपुलका प्रशिक्षक उर्गेन क्लपले आफ्ना फ्यानहरुलाई उचित समय आएपछि भव्यताका साथ खुसीयाली मनाउन आग्रह गरेका छन् । यस सिजनको प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलका फ्यानहरुले सहरमा भीडभाड गरेपछि लिभरपुलका प्रशिक्षक क्लपले जिम्मेवार भएर खुसीयाली मनाउन आग्रह गरेका हुन् ।

३० वर्षपछि प्रिमियर लिग च्याम्पियन बनेको लिभरपुलका फ्यानहरुले गएको शुक्रबार सरकारले जारी गरेको नीति नियम तोडेको भन्दै आलोचना भएको थियो । कोरोना महामारीका कारण भीडभाड नगर्न सरकारले आग्रह गर्दै आइरहेको छ ।

क्लपले पनि कोरोनाका कारण वातावरण सही नरहेका कारण पनि फ्यानहरुले जिम्मेवारीपुर्वक खुसीयाली मनाउनु पर्ने उनको सुझाव रहेको छ ।

लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न एक खेलको आवश्यकता रहेको थियो ।

तर, चेल्सीसँग म्यानचेस्टर सिटी पराजित भएसँगै लिभरपुल च्याम्पियन बन्न सफल भएको थियो । लिभरपुलले ३१ खेलमा ८६ अंक जोड्दै लिगको शिर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी लिभरपुलभन्दा २३ अंकले पछि रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay