scheduleबिहिवार मंसिर १८ गते, २०७७

अमेरिकामा एकैदिन ४४ हजारभन्दा बढी कोरोना संक्रमित फेला

एजेन्सी, १६ असार । अमेरिकामा एकैदिन ४४ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो समय झन् संक्रमितको संख्या बढ्न थालेपछि अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । संक्रमितमध्ये अधिकांश युवाहरु रहेको अधिकारीहरुले बताएका छन् । एक रिपोर्टका अनुसार अमेरिकामा झण्डै दुई करोड मानिसहरुमा कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने अनुमान पेश गरिएको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख २८ हजार ७७८ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । सोमबारमात्रै ३४१ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा कमी आएको तर, संक्रमणदर उच्च रहेका कारण थप भयावह स्थिति आउन सक्ने अधिकारीहरुले बताएका छन् ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या २६ लाख ८१ भन्दा बढी पुगेको छ ।

११ लाख १६ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay