scheduleआइतवार मंसिर १४ गते, २०७७

सुशान्तको परिवारलाई भेटे नाना पाटेकरले

एजेन्सी, १६ असार । बलिउड अभिनेता सुशान्त सिंह राजपुत यो संसारबाट बिदा भइसकेका छन् । तर, उनका फिल्महरुले आज पनि उनी उत्तिकै सम्झनामा रहेका छन् । पट्नामा रहेको उनको घरमा आज पनि परिवारलाई भेट्न विभिन्न व्यक्तित्वहरु जाने गरेका छन् ।

जनु १४ मा सुशान्तले आत्महत्या गरेका थिए । त्यसपछि बलिउडमा उनको आत्महत्यालाई लिएर ठुलै टिकाटिप्पणी चलेको थियो । बलिउडका अब्बल अभिनेता नाना पाटेकर पनि सुशान्तको परिवारलाई भेट्न गएका छन् ।

उनले सुशान्तको फोटोमा फुल चढाएर समवेदना प्रकट गरे ।

सुशान्तका पिता कृष्ण कुमार सिंहसँग उनले केही समय कुराकानी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

त्यस्तै केही दिन अगाडि सुशान्तका पिताले भोजपुरी अभिनेता मनोज तिवारीसँग पनि भेटघाट गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
CT-Express
Ime_Pay