scheduleबिहिवार आषाढ़ १८ गते, २०७७

भेलले घर बगाउँदा १५ महिने शिशु बेपत्ता

जाजरकोट, १६ असार । जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारागाउँको पाटेखोलामा सोमबार बिहान ४ बजे आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिने शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयवासीले उद्धार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाइएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज पठाइएको प्रजिअ पन्तले बताए । आज बिहानैदेखि सबै तहका सुरक्षाकर्मी खोजीकार्यमा खटिएका छन् ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय