scheduleमगलवार श्रावण २० गते, २०७७

अष्ट्रेलिया र जिम्बाबेबीचको एकदिवसीय श्रृंखला स्थगित

काठमाडौं, १६ असार । जिम्बाबेले अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला खेल्न अष्ट्रेलिया भ्रमण गर्नका लागि अझै केही समय पर्खिनुपर्ने भएको छ । क्रिकेट अष्ट्रेलियाको मंगलबार बसेको बैठकले कोरोना महामारीका कारण बढ्दो जोखिमलाई मध्येनजर गर्दै एकदिवसीय श्रृंखला हालका लागि स्थगित गरिएको बताएको हो ।

जुन महिनाको सुरुतिर अष्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्यांगरले यो एकदिवसीय श्रृंखला हुन नसक्ने संकेत गरिसकेका थिए । यद्यपि सेप्टेम्बर महिनादेखि भने खेलाडीहरु पुनः क्रिकेटका गतिविधिमा फर्किन सक्ने उनले जनाएका छन् ।

अष्ट्रलिया र जिम्बाबे बीच आउँदो अगस्ट ९, १२ र १५ तारिखमा तीन एकदिवसीय क्रिकेट खेल्ने गरी श्रृंखला तय गरिएको थियो ।

महामारीका कारण लकडाउन हुनुपूर्व अष्ट्रेलियाले न्यूजिल्यान्डसँगको तीन एकदिवसीय श्रृंखलाअन्तर्गतको पहिलो खेल दर्शक बिनाको मैदानमा खेलेको थियो । कोरोनाको जोखिम बढ्दै गएकाले श्रृंखलाअन्तर्गतका बाँकी २ खेल स्थगित गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय