कति छ आज सुनचाँदीको मुल्य ?
काठमाडाैं, १६ असार । मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मुल्य स्थिर रहि तोलाको नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।