scheduleमगलवारमाघ १३ गते, २०७७

बढ्यो सेयर बजार, सर्किटपछि कारोबार बन्द

काठमाडौं, १६ असार । मंगलबार सेयर बजार ६ प्रतिशतले बढेको छ। ६ प्रतिशतले बजार घटेमा वा बढेमा सो दिनका लागि कारोबार स्थगित हुने व्यवस्थाअनुरुप आजका लागि कारोबार बन्द भएको छ।

खरिदमा चाप परेपछि बजार ७२ अंकले बढेको हो। आजको कारोबारपछि नेप्से परिसूचक १ हजार २ सय ६० अंकमा कायम भएको छ।

यस दिन होटल बाहेक सबै समूहहरु बढेका छन्। सो समूह भने ४७ अंकले घटेको छ। बैंकिङ समूह ७३, व्यापार ६५, विकास बैंक ६५, जलविद्युत ३९, फाइनान्स ४, निर्जीवन बीमा २९६, उत्पादन १२२, अन्य २३, माइक्रोफाइनान्स ७७ अंकले बढेका छन्।

त्यस्तै जीवन बीमा समूह सबैभन्दा बढी ६३४ अंकले बढेको छ।

कारोबारका आधारमा सबैभन्दा अगाडि रहेको हिमालय डिस्टिलरीको ३ करोड ६४ लाखको सेयर किनबेच भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५२ लाखको कारोबार भयो।

साना किसान विकास बैंक, शिवम् सिमेन्ट, पुनर्बीमा कम्पनी, एनएमबि र नविल बैंक पनि क्रमशः कारोबारका आधारमा अगाडि रहे।

कारोबार भने यस दिन जम्मा २२ करोड ७२ लाखमा खुम्चियो। बिक्री गर्नेहरु नहुँदा कारोबार रकम बढ्न सकेन।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay