scheduleसोमवार श्रावण २६ गते, २०७७

हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच रणनीतिक सम्झौता सम्पन्न

काठमाडौं, १६ असार । हिमालय एअरलाइन्स र हुवावे क्लाउडबीच एक रणनीतिक सम्झौता सम्पन्न भएको छ । काठमाडौंस्थित हुवावे कम्पनीको कार्यालयमा आइतबार आयोजित एक हस्ताक्षर समारोहमा हिमालय एअरलाइन्स् र हुवावे क्लाउड, चिनीयाँ बहुराष्ट्रिय प्रविधि कम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

यो सम्झौतापछि हुवावेले हिमालय एअरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ । हिमालय एअरलाइन्स्लाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको एयरलाइन्सले जनाएको छ ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह– एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीन उपस्थित थिए ।

सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय सञ्चार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको विश्वास व्यक्त गरे ।

उनले यी दुई कम्पनीहरुका साथसाथै नेपालमा चिनियाँ लगानी रहेका अन्य कम्पनीहरुले परम्परागत मानसिकताबाट सृजित बाधाहरुलाई तोडी र अधिक नवीनतम विधिहरु अपनाउँदै महामारी अवधि पश्चात उपयुक्त व्यावसायिक प्रारुपहरु सृजना गर्ने विश्वास व्यक्त गरे । यो समझदारीबाट नेपाल र चीनबीचको बीआरआई सहकार्यमा समेत सार्थक योगदान हुने आशा गर्न सकिने अपेक्षा उनले गरे ।

आफ्नो मन्तव्य राख्ने क्रममा तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्गले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्स्ले योगदान पुर्‍याएको उल्लेख गरे । उनले हुवावेको उन्नत सूचना प्रणालीको मद्दतद्वारा हिमालयले उत्कृष्ट व्यवस्थापन तथा सञ्चालन, वीन-वीन विकास प्राप्त गर्ने पनि आशा व्यक्त गरे ।

समारोहमा आफ्नो मन्तव्य राख्दै हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजीटल रुपान्तरण, टिकेटिङ्ग र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास प्रकट गर्नुरे । उनले सफ्टवेयर, उपकरण र अन्य सेवाका क्षेत्रहरुमा द्विपक्षीय सहकार्यको आधारमा यस हवाई उद्योगको प्रगतिका लागि एकजुट भई नवीनता र समाधानहरुको खोजीबाट तेस्रो पक्ष सहकार्यका लागि स्वागत गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय