scheduleआइतवार श्रावण २५ गते, २०७७

सवारी पास बिना उपत्यका छिर्न खोज्नेलाई जगातीबाट फर्काइयो

भक्तपुर, १६ असार । सवारी पास अनुमति बिना काठमाण्डौ उपत्यका आउन खोजेका मध्ये एक हप्तामा १ हजार ५ सय ३ यात्रुलाई जगाती बाट प्रहरीले फर्काएको छ । असार ८ गते देखि १४ गतेसम्ममा ६ सय ६७ सवारी साधनबाट काठमाण्डौं छिर्न खोज्ने ती यात्रुहरुलाई सम्बन्धित जिल्लामा फर्काइएको महानगरीय प्रहरी बिट जगातिका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।

दैनिक दुई, तीन सयको हाराहारीमा यात्रुहरु विना पास काठमाण्डौ आउन खोजेको उल्लेख गर्दै उनले उनीहरुलाइ फर्काइएको जानकारी दिए । सम्बन्धित जिल्लाबाटै बिना पास काठमाडौं आउनेहरुलाइ फर्काएको भए उनीहरुले दुःख नपाउने उनले बताए ।

भक्तपुरसम्म आइपुगेपछि फर्कनुपर्दा यात्रुलाई दुःख लाग्ने भएकाले सम्बन्धित जिल्लाबाटै रोक्न सके कोरना भाइरसको जोखिम व्यवस्थापन हुने पनि उनले बताए । उपत्यका भित्रिएका सवारी र यात्रुको विवरण जगाती चेक पोष्टले नियमित राख्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय