पेट्रोल र डिजेलको मूल्य बढ्याे
काठमाडाैं, १६ असार । पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएकाे हाे । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेकाे निगमले जनाएकाे छ ।
निगमका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएकाेले नेपालमा पनि मूल्य बढाइएकाे निगमले जनाएकाे छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।