scheduleशनिवार श्रावण २४ गते, २०७७

चीनले नै कोरना भाइरस फैलाए, विश्व मानवता संकटमा छ : कंगना रनावत

एजेन्सी, १७ असार । बलिउड चर्चित अभिनेत्री कंगना रनावत भारत सरकारले हालै चिनियाँ एप्समाथि लगाएको रोकको समर्थनमा उत्रिएकी छिन् ।

भारत सरकारले २९ जुनमा टिकटक सहित ५९ चिनियाँ एप्ललाई भारतमा प्रतिबन्ध लगाएको थियो । भारत चीनबीच चल्दै आएको विवादले अहिले उग्ररुप लिएको छ । कंगना रनावतले यस बिषयमा आफनो विचार व्यक्त गरेकी छिन् ।

रनावतका अनुसार चिनियाँ एक व्यापारी मुलुक हो । व्यापारीले जहिले पनि आफनो फाइदाको लागि मात्र कदम चाल्ने गर्छ ।

उनले चीनले नै कोरना भाइरस फैलाएको जिकिर गरेकी छिन् । ‘चीनले गर्दा नै अहिले विश्व समुदाय संकटमा परेको छ । मानिस बाँच्नलाई समेत संघर्ष गरिरहेको छ,’ उनले भनिन् ।

‘भारतले जुन कदम चालेको छ, त्यो मलाई लाग्छ सही छ,’ उनले भनिन् ।

‘अहिले पूरा भारत अहिले खुशीयाली मनाईरहेको छ । भारत सरकारले लगाएको प्रतिबन्ध प्रसंशा योग्य छ । हाम्रा व्यापार कति हदसम्म चीनमा निर्भर छ, सबैलाई थाहा छ । यही व्यापारको बलले नै उसको अर्थतन्त्र मजबुद छ,’ उनी भन्छिन्, ‘त्यसकारण चिनियाँ वस्तुलाई प्रतिबन्ध लगाउन आवश्यक छ ।’

उनी भन्छिन्, ‘अहिले चीनले हाम्रो सीमासँग खेलवाड गर्दैछ । उसलाई लद्दाख मात्र होइन सिक्किम र असम पनि चाहिएको छ । यो विवाद लामोसम्म लान खोजेको छ । चीनले आफनो कदम चलाखीपूर्वक चलिरहेको छ । विश्व समुदाय चीनको असली अनुहार हेरिरहेको छ । उसको विरुद्धमा विश्व नै उभिइरहेको छ र भारतले यसको नेतृत्व लिनुपर्छ ।’

कंगनाले भारतले नेपाली भूमि मिचेको बारेमा भने केही बोलेकी छैनन् । कंगनाको भनाईप्रति सामाजिक सञ्जालमा प्रतिक्रियाहरु छ, ‘तपाईं भारतले नेपाली भूमि अतिक्रमण गर्दा किन बोल्नुहुन्न ?’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय