scheduleबुधवार श्रावण २१ गते, २०७७

कार्तिक आर्यनको पहिलो एक्सन चलिचित्र अनिश्चित समयको लागि बन्द

एजेन्सी, १७ असार । ‘प्यार के पञ्चनामा’ स्टार कार्तिक आर्यनको पहिलो एक्सन चलचित्र अनिश्चित समयको लागि स्थगित गरिएको छ ।

एकपछि अर्को रोमान्टिक चलचित्र गरेर लभर ब्यायको पहिचान बनाएका कार्तिक एक्सन चलचित्रमा काम गर्दैछन् । उनले केही समयअगाडि आफ्नो पहिलो एक्सन चलचित्रको घोषणा गरेका थिए ।

उनले छायांकनको एक भिडियो समेत साझा गरेका थिए तर, अहिले कोरोनालाई मुख्य कारण देखाउँदै निर्माण कम्पनीले छायांकन बन्द गरेको छ ।

चलचित्रको छायांकन हङकङमा चलिरहेको थियो । एकाक्सी कोरनाको प्रकोपले गर्दा निर्माण सम्बन्धी सबै किसिमका कामहरु बन्द भएको छ ।

न्यूज एजेन्सी पीटीआईका अनुसार ओम रावतको निर्देशनमा बन्न लागेको चलचित्रमा कार्तिक आर्यनको मुख्य भूमिका रहेको छ भने प्रोडक्सन भुषण कुमारको निर्माण कम्पनी टि-सिरिजले गर्दै छ ।

चलचित्रको अधिकांश छायाङ्कन विदेशमा हुने भनिएको छ । भारतमा कोरना तीव्र गतिमा बढिरहेकोले सबै क्षेत्रमा यसको प्रभाव छ ।

हुन त र्निदेशक ओम रावत र अभिनेता कार्तिकले चलचित्रको छायांकन छिट्टै शुरु गर्ने मुडमा रहेको जनाएका छन् तर निर्माण कम्पनी टि–सिरिजले यथास्थितिमा नगर्ने मनसाय व्यक्त गरेको छ ।

टि–सिरिजले पुनः छायांकन कहिलेदेखि सुचारु हुन्छ भन्नेबारे केही नबोलेलेको चलचित्र अनिश्चित बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय