scheduleसोमवार श्रावण २६ गते, २०७७

युभेन्ट्सको सहज जित

काठमाडौँ, १७ असार । गएराति भएको इटालियन लिग सिरी ए मा युभेन्ट्सले जेनोआलाई ३–१ गोलले पराजित गरेको छ । जेनोआको घरेलु मैदानामा भएको खेलमा युभेन्ट्सले सहज जित निकालेको हो । युभेन्ट्सलाई जित दिलाउन पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो र डगलास कोस्टाले एकएक गोल गरे । जेनोआका लागि एकमात्र गोल एन्ड्रिया पिनामोन्टीले गरे ।

युभेन्ट्सका लागि खेलको ५० औं मिनेटमा पाउलो ड्याबलाल गोल गरे । त्यसपछि खेलमा चम्किए क्रिस्टियानो रोनाल्डो । उनले खेलको ५६ औँ मिनेटमा गोल गरे । युभेन्ट्सका लागि खेलको ७३ औ मिनेटमा ड्युगलस कोस्टाले गोल गरे ।

एन्ड्रिया पिनामोन्टीले ७६ औं मिनेटमा गोल गर्दै जेनोआ खेलमा फर्कने संकेत देखाए । तर, त्यसपछि खेलमा गोल हुन सकेन ।

लिगको शीर्ष स्थानको युभेन्ट्सले २९ खेलमा ७२ अंक बटुलेको छ । दोस्रो स्थानको लाजियोको ६८ अंक रहेको छ । २६ अंकका साथ जिनोआ लिगको १७ औँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय