scheduleसोमवार श्रावण २६ गते, २०७७

म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजको दुई गोल

काठमाडौँ, १७ असार । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राईटोनलाई ३–० गोलले परािजत गरेको छ । शिर्ष चारमा स्थान बनाउन म्यानु हरसम्भव प्रयास गरिराखेको प्रष्ट देखिएको छ । ब्राइटनविरुद्धको खेलमा ब्रुनो फर्नानडेज नायक बने । उनले म्यानुका लागि दुई गोल गरे । त्यस्तै म्यानुमा पछिल्लो समय निकै चर्चमा रहेका मासन ग्रिनउडले एक गोल गरे ।

म्यानुका लागि खेलको १६ औं मिनेटमा ग्रिनउडले गोल गर्दै अग्रता दिलाए । ब्रुनो फर्नान्डेसले २९ औं र ५० औँ मिनेटमा दुई गोल गरे ।

योसँगै म्यानु १५ खेलमा अपराजित भएको छ । लिग तालिकाको पाँचौ स्थानमा रहेको म्यानुको ३२ खेलमा ५२ अंक रहेको
छ ।

ब्राईटोन ३३ अंक सहित लिगको १५ औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय