scheduleमगलवार श्रावण २० गते, २०७७

भ्यालेन्सियाद्वारा मुख्य प्रशिक्षक अल्बर्ट सेलाडेस बर्खास्त

काठमाडौँ, १७ असार । यस सिजन सन्तुलित खेल खेलाउन असफल भएपछि स्पेनिस क्लब भ्यालेन्सियाले मुख्य प्रशिक्षक अल्बर्ट सेलाडेसलाई बर्खास्त गरेको छ । उनले ९ महिना अगाडि क्लबको जिम्मेवारी लिएका थिए । यस सिजन ला लिगाको आठौं स्थानमा रहेको भ्यालेनसियाको ४६ अंक रहेको छ ।

अब क्लबको जिम्मेवारी भारो गोन्जालेजको काँधमा आएको छ । बितेको ६ वर्षमा भ्यालेनसियाले ६ जना प्रशिक्षक फेरिसकेको छ । सन्तुलित खेल पस्कन असफल भ्यालेनसिया यसपटक शिर्ष चारमा पर्ने रणनीति बनाएको थियो । शिर्ष चारमा पर्ने संकेत नदेखिएपछि क्लबले उनलाई बर्खास्त गरेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय