scheduleमगलवार श्रावण २० गते, २०७७

बार्सिलोनामा ग्रिजम्यानको भुमिका साघुरिँदै

काठमाडौँ, १७ असार । बार्सिलोनामा ठुलो सपना बोकेर अनुबन्ध भएका खेलाडी हुन् एन्टोनियो ग्रिजम्यान । तर, पछिल्लो समय उनी निकै आलोचित रहेका छन् । त्यस्तै बार्सिलोनाका प्रशिक्षक सेटियनको पहिलो रोजाईको खेलाडी समेत बन्न उनी असफल भएका छन् ।

केही समिक्षकहरुले त उनलाई बार्सिलोनामा उनी फ्लप सावित भइसकेको बताएका छन् । बार्सिलोनाले उनलाई ठुलो अपेक्षाका साथ अनुबन्ध गरेको थियो ।

तर, बार्सिलोनाको रणनीति अनुसार उनी फिट हुन नसकेपछि बार्सिलोनाको पहिलो रोजाईमा पर्न उनी असफल हुँदै गएका छन् । पछिल्लो समय बार्सिलोना नयाँ फरवार्डको खोजीमा रहेको छ ।

उनलाई अफलोड गर्नसक्ने सम्भावना पनि उत्तिकै बढेको मिडिया रिपोर्टमा उल्लेख छ ।

एट्लेटिको मड्रिडमा निकै चर्चामा रहेका उनी बार्सिलोनामा अनुबन्ध भएपछि भने बढी आलोचित भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय