scheduleबुधवार श्रावण २१ गते, २०७७

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, १७ असार । गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक आज विहान जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा नवलपुरका १२ जना, स्याङ्जाका ८ जना, गोरखा र बाग्लुङका ३-३ जना, कास्की र तनहुँका १-१ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या ९९४ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाको वालिङ नगरपालिकाका १ महिला, १ पुरुष, पुतलीबजार नगरपालिकाका १ पुरुष र भिरकोट नगरपालिकाका ४ पुरुष, १ महिलामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी बाग्लुङको काठेखोला गाउँपालिका का १ महिला र बडिगाड गाउँपालिकाका २ महिलामा पनि संक्रमण पुष्टि भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका १ महिलामा पनि कोरोना भेटिएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिकाका २ पुरुष र गैंडाकोट नगरपालिकाका ८ पुरुष र २ महिला छन् ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाको सहिदलखन गाउँपालिकाका १ महिला र बारपाक सुलीकोट गाउँपालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका १ जना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

प्रदेशभर हालसम्म निको हुनेको संख्या २१४ पुगेको छ भने २ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय