scheduleबुधवार श्रावण २१ गते, २०७७

आत्महत्याअघि ५० वटा सिमकार्ड फेरेका थिए सुशान्त सिंह राजपुतले

एजेन्सी, १७ असार । सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा प्रहरीले उनका नजिकका साथी र काम गरेको निर्माता र्निदेशकसँग बयान लिइरहेको छ ।

बयानसगै दिनहु नयाँ–नयाँ तथ्य बाहिर आउँदैन छन् । सुशान्तको परिवारलाई भेट्न पटनास्थित घरमा अभिनेता शेखर सुमन पुगेका छन् । उनले त्यहाँ पुगेर सुशान्तको तस्बिरमा माला लगाएर श्रद्धाञ्जली दिएका हुन् ।

केही दिनयता अभिनेता शेखर सुमनले बारम्बार सुशान्त सिँह राजपुतको आत्महत्यालाई हत्या भनिरहेका छन् । उनले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै आफनो भनाई सार्वजनिक गरेका हुन् ।

शेखरको प्रश्न छ, ‘कोही आत्महत्याभन्दा अगाडि किन ५० वटा सिमकार्ड परिर्वतन गर्छ ?’

उनको तर्क छ- यो त्यतिबेला सम्भव हुन्छ जब कसैले दवाब दिन्छ । आत्महत्याको एक दिनअगाडि रातभरी किन साथीसँग पार्टी गर्छ ? जुस खाएर कोही कसरी आत्महत्या गर्न जान्छ ? जुस खाएर गेम खेल्छन् अनि एकछिनमा अचानक किन कोही आत्महत्या गर्छ ?

शेखरले अगाडि भनेका छन्, ‘उनको घाटीमा हरियो रङको कपडा छन तर उनको घाँटीमा रातो रङको निशान छ । महत्वपूर्ण कुरा के छ भने यदि उनले त्यो हरियो रङको सलले घाँटीमा बेरेको छन् भने घाँटीमा निशान मोटो हुनु पर्थ्यो तर त्यस्तो केही पनि देखिएको छैन ।’

उनी भन्छन्, ‘मलाई यी प्रश्नहरु बारम्बार दिमागमा आइरहेको छन् । सुशान्तले आत्महत्या गरेको होइन, यो हत्या हो र यसको सीबीआई जाँच हुनुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय