scheduleबुधवार श्रावण २१ गते, २०७७

सोनमको प्रार्थना- अर्को भाइरसको कुरा सत्य नहोस्

एजेन्सी, १७ असार । चीनबाट उत्पत्ति भएको कोरोना भाइरसले अहिले विश्वमा महामारीको रुप लिएको छ । विश्व समुदाय नै कोरोना भाइरसबाट लडिरहेको छ ।

विश्वमा ५ लाख मानिसले ज्यान गुमाइसकेको छन् भने १ करोड मानिस संक्रमित भएका छन् ।

अहिले फेरी चीनमा स्वाइफुव भाइरस उत्पत्तिको खबर आएको छ । यो खबर सुन्ने बित्तिकै अभिनेत्री सोनम कपुरले यो खबर सत्य नहोस् भन्दै प्रार्थना गरेकी छिन् ।

सोनम कपुरले आफ्नो इस्टाग्रामा पोष्ट गर्दै लेखेकी छिन्, ‘स्वाइफुवको एक भर्जन मलाई पहिला नै भईसकेको छ त्यो मेरो जीवनको नराम्रो समय थियो । यो भाइरसको खबर सत्य नहोस् ।’

सोनमको यो पोष्टमा उनका फ्यानहरुले पनि राम्रो प्रतिक्रिया दिएका छन् ।

चीनमा फेरी नयाँ प्रजातीकाे भाइरस भेटिएकाे भन्दै यसले पनि महामारीकाे रुप लिन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएसँगै सोनमको यस्तो प्रतिक्रिया आएको हो ।

नयाँ भाइरस फ्लू भाइरस रहेको र बेलैमा नियन्त्रणको प्रयास नगरे अवस्था भयावह हुन सक्ने उनीहरुकाे भनाइ छ ।

याे भाइरस अहिले सुँगुरमा पाइएको भए पनि मानिसमा सर्न सक्ने क्षमता रहेको विज्ञहरु बताउँछन् । नयाँ भाइरसमा मानिसमा पनि सर्ने र अन्ततः महामारीको रुप लिन सक्ने क्षमता देखिएको छ ।

भाइरस मानिसमा सरेमा त्याे व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने देखिन्छ । सुँगुरमा देखिएको नयाँ भाइरससम्बन्धि प्रारम्भिक अध्ययन प्रतिवेदन नेशनल एकेडेमी अफ साइन्सेज जर्नलमा प्रकाशित भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय