scheduleबुधवार श्रावण २१ गते, २०७७

मेसीको ७००औं गोल !

काठमाडौं, १७ असार । अर्जेन्टिना एवम् बार्सिलोनाका फरवार्ड लियोनल मेसीले आफ्नो करिअरको ७०० औ गोल पूरा गरेका छन् । स्पेनिस लालिगा अन्तर्गत गएराति एट्लेटिको मड्रीड सँगको खेलमा ‘पनेन्का पेनाल्टी’ मार्फत गोल गर्दै उनले क्लब र अन्तर्राष्ट्रिय गरी ७०० गोल पूरा गरेका हुन् ।

बार्सिलोनाका लागि भने यो उनको ६३०औं गोल थियो । क्लबका लागि कुल ७२४ खेल खेलेका उनी लालिगामा सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् ।

यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि करिअरमा ७०० गोल पूरा गरेका थिए र हाल सक्रिय खेलाडीमध्ये यी दुई खेलाडीको नाममा मात्र सो रेकर्ड कायम छ ।

यद्यपि गएराति भएको खेलमा एट्लेटिकोसँग २-२ गोलको बराबरी खेलेपछि बार्सिलोनाको उपाधि यात्रामा भने थप धक्का पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय