scheduleशनिवार श्रावण २४ गते, २०७७

पोखराका ३ पुरुष सहित गण्डकीमा थपिए १२ जना संक्रमित, प्रदेशभर १००६

पोखरा, १७ असार । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक दिउँसो सार्वजनिक गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा लमजुङका ७ जना, कास्कीका ३ जना, तनहुँका १ जना र नवलपरासी पूर्वका १ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १००६ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा लमजुङको राइनास, सुन्दरबजार र क्वालासोथरका १-१ जना पुरुष, त्यसैगरी बेशीसशर र दुधपोखरीका २-२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकाका ३ जना पुरुषमा पनि संक्रमण भेटिएको छ भने तनहुँको भानु नगरपालिका स्थायी ठेगाना भई हाल लमजुङमा कार्यरत एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गैंडाकोटका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैबीच पोखरामै गरिएको परीक्षणमा बारा स्थायी ठेगाना भई हाल लमजुङमा कार्यरत एक महिला र एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा आज विहान मात्र २८ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रदेशभर हालसम्म निको हुनेको संख्या २८७ पुगेको छ भने २ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय